शेखरले दर्ता गरे प्यानलसहित सभापतिमा उम्मेदवारी
काठमाडौँ : नेपाली कांग्रेसको सभापतिमा शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाललाई लिएर शेखरले सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन्।
उम्मेदवारी दर्ता गरेपछि शेखरले नेपाली कांग्रेसलाई नयाँ सोच, नयाँ कार्यशैली र नयाँ कार्यक्रमका साथ अगाडि बढाउन सभापतिमा उम्मेदवारीमा दिएको बताए।
उनले देशको राजनीति कहालीलाग्दो अवस्थामा रहेको, अध्यादेशबाट देश चलेको र न्यायालयमा विद्यामान समस्या कायम रहेको उल्लेख गरे।
उनले कांग्रेसमा सर्वसम्मतिको टिम नै आफ्नो रहेको र सभापतिमा सहित प्यानल नै विजयी हुने दाबी गरे।
शेखरको प्यानलबाट सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरी छन्।
मंसिर २५, २०७८ शनिबार १६:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।