सभागृहको गेटमा जब प्रकाशमान र विश्वप्रकाशको जम्काभेट भयो

सभागृहको गेटमा जब प्रकाशमान र विश्वप्रकाशको जम्काभेट भयो

काठमाडौँ : महामन्त्रीको उम्मेदवारी दर्ताका लागि विश्वप्रकाश शर्मा राष्ट्रिय सभा गृहमा पुग्दा सभापतिमा उम्मेदवारी दर्ता गरेका प्रकाशमान सिंह सिढिमा थिए सुजाता कोइरालासहित। भित्र जाँदै गर्दा सिंहसँग उनको जम्काभेट भयो। हात मिलाए अनि भित्र गएर आउँछ भनेर उम्मेदवारी दर्ता गर्न गए।

उनले १३ औँ महाधिवेशनदेखि शेरबहादुर देउवालाई सघाउँदै आएका थिए। उनले १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरे पनि देउवा टिममा अटाउन सकेनन्।

शनिवार बिहानैबाट उनको नाम कहिले प्रकाशमान सिंह प्यानलमा रहेको चर्चा भयो त कहिले शेखर कोइरालाको समूहमा रहेको भनियो। विश्वप्रकाश र गगन एकै प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने भन्ने पनि चर्चा आयो। तर शेखर प्यानलबाट महामन्त्रीमा गगनसँगै मिनेन्द्र रिजाल उम्मेदवार बने। देउवा समूहले उम्मेदवारी दर्ता गर्न बाँकी छ।

प्रकाशमान समूहले महामन्त्री पाएको छैन। तर उनी सभागृहमा एक्लै गएका थिए। सञ्चारकर्मीहरूले 'तपाइहरूको नाम धेरै प्यानलमा सुनियो अहिले एक्लै आउनुभयो नि' भनेर सोध्दा उनले धेरैको माया पाउनु राम्रो हो नि भने।

सभापतिमा कसलाई समर्थन गर्ने भनेर उनले उम्मेदवारी दर्ता अगाडि खुलाएनन्। उनले सभापतिमा समर्थन गर्ने नाम मनमा छ भन्दै भित्र गए।

मंसिर २५, २०७८ शनिबार १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।