समर्थन गर्ने सभापति मनमा छन् भन्दै विश्वप्रकाशले दिए महामन्त्रीमा उम्मेदवारी

काठमाडौँ : पार्टी प्रवक्ताको रूपमा शेरबहादुर देउवालाई समर्थन गर्दै आए पनि उनको प्यानलमा नअटेपछि विश्वप्रकाश शर्माले स्वतन्त्र रूपमा महामन्त्रीको उम्मेदवारी दर्ता गराएका छन्।
उनी राष्ट्रिय सभा गृहमा एक्लै गएर महामन्त्रीमा उम्मेदवारी दर्ता गराए। उनी कहिले शेखर कोइरालाको प्यानलमा रहेको त कहिले प्रकाशमान सिंहको प्यानलमा रहेको चर्चा आए पनि उनी उम्मेदवारी दर्ता अगाडि कुनै प्यानलमा खुलेका छैनन्।
उनले आफूले समर्थन गर्ने सभापतिको नाम मनमा रहेको र पछि खुलाउने बताए। देउवा र शेखर कोइराला समूहले महामन्त्रीको उम्मेदवार फाइनल गरिसकेका छन्। सिंह प्यानलमा सभापति र उपसभापति मात्रै छन्।
मंसिर २५, २०७८ शनिबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।