९१ वर्षकी शान्ति कार्कीले दिइन केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाडौँ : पर्साको वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन्।
९१ वर्षकी कार्कीले महिला अधिकारका लागि आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताइन।
उनले आफू कसैले टिममा नरहेको भन्दै एक्लै उम्मेदवारी दिएको बताइन। उनले कांग्रेसका दिवङ्गत नेता कृष्णप्रसाद प्रसाद भट्टराईको पालादेखि आफू कांग्रेसमा लागेको उल्लेख गरिन्।
‘महिलालाई अधिकार दिने भनिएको छ, अधिकार लागू भएको छैन,’कार्कीले उम्मेदवारी दर्तापछि भनिन्,‘पार्टीमा स्वस्थ प्रतिस्पर्धा छैन, नातावाद कृपावाद छ।’
उनले आउने स्थानीय तहको चुनावमा महिलालाई मेयर र वडा अध्यक्षको उम्मेदवार बनाउन पार्टी भित्र दबाब सिर्जना गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताइन।
मंसिर २५, २०७८ शनिबार १५:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।