शेखरको टिम फाइनल भयो : उपसभापतिमा चन्द्र-धनराज, महामन्त्रीमा मिनेन्द्र-गगन

शेखरको टिम फाइनल भयो : उपसभापतिमा चन्द्र-धनराज, महामन्त्रीमा मिनेन्द्र-गगन

काठमाडौँ : शेखर कोइरालाले आफ्नो समूहका पदाधिकारीको नाम टुङ्ग्याएका छन्। पार्टीमा सर्वसम्मत हुन नसके पनि उनको समूहमा अधिकांश संस्थापनइतर समूहका उम्मेदवारहरू छन्।

उनले उपसभापतिका आकाङ्क्षी वरिष्ठ नेताहरूलाई पन्छाउँदै युवा नेता चन्द्र भण्डारी र धनराज गुरुङलाई उपसभापतिको उम्मेदवार बनाएका छन्। उपसभापतिमा अर्जुननरसिंह केसी र डा रामशरण महतले आकाङ्क्षा राखेका थिए।

महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा छन्। मिनेन्द्र शशाङ्क कोइरालाको कोटामा उम्मेदवार बनेका हुन्।

सहमहामन्त्रीहरुमा थारुतर्फ टिल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेसी तर्फ रामकृष्ण यादव जनजातितर्फ विकास लामा र खसआर्थबाट देवराज चासिले रहेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकाशमान सिंह र शेखरमध्ये कुनै समूहलाई समर्थन गरेका छैनन्। तर उम्मेदवारहरू हेर्दा पौडेल समूहका अधिकांश नेता शेखरसँग देखिएका छन्।

मंसिर २५, २०७८ शनिबार १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।