सुनिल थापासँगै केन्द्रीय सदस्यमा महत र केसीको उम्मेदवारी दर्ता

काठमाडौँ : नेपाली कांग्रेसका मनोनीत सहमहामन्त्री सुनिल थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
पार्टीको १४ औँ महाधिवेशनमा थापाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका थापालाई सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीमा मनोनीत गरेका थिए।
यस्तै नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा डा. रामशरण महत र अर्जुननरसिंह केसीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
संस्थापनइतर समूह छिन्नभिन्न बनेपछि महत र केसीले एक्ला एक्लै सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।
मंसिर २५, २०७८ शनिबार १४:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।