कांग्रेस सभापतिमा युवराज न्यौपानेले दिए उम्मेदवारी 

कांग्रेस सभापतिमा युवराज न्यौपानेले दिए उम्मेदवारी 

काठमाडौँ : नेपाली कांग्रेसको सभापतिमा गोरखाका युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।

न्यौपानेले कांग्रेस सभापति पदमा दिउँसो सवा २ बजे उम्मेदवार मनोनयन दर्ता गरेका हुन । कांग्रेसको सांगठनिक  संरचनालाई वैज्ञानिक बनाउन, पार्टीलाई मास बेस पार्टी बनाउन र संसदीय चुनावमा क्रियाशील सदस्यताको आधारमा टिकट दिने व्यवस्था गर्न आफूले सभापतिमा उम्मेदवारी दिएको न्यौपानेले बताए।

उनले आफूलाई देशभरका कांग्रेस नेता कार्यकर्ताको समर्थन रहेको बताए। उनले आफ्नो कुनै टिम नरहेको भन्दै सभापतिमा एक्लै उम्मेदवारी दिएको उकेरालाई बताए। 

यसअघि कांग्रेस सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गरिसकेका छन्।

सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह र शेखर कोइरालाले उम्मेदवारी मनोनयन गर्ने तयारी गरे पनि दर्ता भने भइसकेको छैन। 

मंसिर २५, २०७८ शनिबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।