सभापतिको उम्मेदवार बनेका कल्याणले भने' सबैले मतदान गरे भने म सभापतिमा जित्छु'

काठमाडौँ : कल्याण गुरुङले नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। उनी महामन्त्रीको आकाङ्क्षी रहेको तर बार्गेनिङका लागि सभापतिमा दाबी गरिरहेको भनिँदै आएको थियो।
उम्मेदवारी दर्तापछि उनले भने' उम्मेदवारी दिएपछि थाहा भयो नि बार्गेनिङ हो हैन।'
उनले परिवर्तन न्याय र समानताको पक्षमा आवाज उठाइरहेको र त्यसैका लागि केन्द्रीय सभापतिमा उम्मेदवारी दिएको बताए।
नयाँ पुस्ता र युवा पुस्ताको प्रतिनिधित्व गर्दै सबै पुस्ताको मतको आशा राखेर उम्मेदवारी दर्ता गराएको छु,' उनले भने' सबै महाधिवेशन प्रतिनिधिले मतदान गरे भने म सभापतिमा जित्छु।'
उनले पार्टीको नेतृत्व युवा पुस्ताले लिनुपर्छ भन्ने त तलका पदमा मात्र उम्मेदवारी दिने गरेको भन्दै भने' सगरमाथा चढ्नु छ भने सगरमाथै चढ्नुपर्छ। नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्ने हो भने सभापति नै बन्नुपर्छ।'
मंसिर २५, २०७८ शनिबार १४:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।