उपसभापतिमा उम्मेदवारी दिँदै महेश आचार्यले भने : सबै पार्टीमा व्यक्ति केन्द्रीत हुँदा लोकतन्त्र खतरामा

उपसभापतिमा उम्मेदवारी दिँदै महेश आचार्यले भने : सबै पार्टीमा व्यक्ति केन्द्रीत हुँदा लोकतन्त्र खतरामा

काठमाडौँ : नेपाली कांग्रेसका नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन्। उनी कुनै समूहको सूचीमा नबसी स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। उनी राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराए।

उम्मेदवारी दर्तापछि उनले सबैभन्दा पुरानो र जेठो ऐतिहासिक पार्टी भएकाले लोकतन्त्र यो पार्टीभित्रको मात्र बहस नभएको बताए। उनले समग्र पार्टीको कार्यशैली र नेताहरूले लिनुपर्ने मुद्दालाई अजेण्डा बनाएर उम्मेदवारी दिएको बताए।

'सबै पार्टी व्यक्ति केन्द्रित भएका छन्। व्यक्ति केन्द्रित हुनु लोकतन्त्रका लागि खतरा हो,' उनले भने।

महाधिवेशनमा आएका पाँच हजार हाराहारीमा आएका प्रतिनिधिको मन न मस्तिष्कमा  लोकतन्त्रको अलिकति प्राण भर्न सके पनि आफ्नो उम्मेदवारीको औचित्य पुष्टि हुने उनले बताए। उनले लोकतान्त्रिक पद्धती स्खलित हुँदै गएको बताए।

मंसिर २५, २०७८ शनिबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।