नेतृत्व परिवर्तनका लागि सभापतिमा उम्मेदवारी : प्रकाशमान सिंह 

नेतृत्व परिवर्तनका लागि सभापतिमा उम्मेदवारी : प्रकाशमान सिंह 

काठमाडौँ : नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमान सिंहले वर्तमान सभापति शेरबहादुर देउवा पार्टीमा असफल भएको बताएका छन्।

देउवा पार्टी नेतृत्वमा असफल भएको सिंहले आरोप लगाए। लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक अभ्यासलाई बेवास्ता गरेको भन्दै सिंहले नेतृत्व परिवर्तन हुनुपर्ने बताए। 

उनले आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै पार्टीलाई गतिशील बनाउन सभापतिमा उम्मेदवारी दिन आएको बताए। उनले १३ औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको कामको लेखाजोखा गर्नुपर्ने सिंहको भनाई थियो। 

सिंहले आफ्नो समुहबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी दिने बताए। 

मंसिर २५, २०७८ शनिबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।