शशांकलाई देउवाको प्रस्ताव: उपसभापति बन्नुस्

शशांकलाई देउवाको प्रस्ताव: उपसभापति बन्नुस्

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका बलियो आकांक्षी शेरबहादुर देउवाले शशांक कोइरालाई आफ्नो प्यानलबाट उपसभापति उठ्न प्रस्ताव गरेका छन्। आज बालुवाटारमा जारी देउवा पक्षको बैठकबाटै शशांकलाई फोन गर्दै उनले उपसभापतिमा उठ्न प्रस्ताव राखेका हुन्। 

यसअघि शशांक आफ्नै प्यानलसहित सभापतिमा उठ्ने दाउ कसेका थिए। तर संस्थापनइतर प्यानलमा साझा उम्मेदवार बनाउन भन्दै उनले सभापतिको दावी छोडेका थिए। हाल संस्थापनइतरबाट प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङ सभापतिको दौडमा छन्। 

वरिष्ठ नेता रामचन्द्र पौडेलले केही बेरअघि आफू सभापतिमा नउठ्ने घोषणा गरिसकेका छन्। 

हाल देउवापक्षको बैठकमा शशांकलाई उपसभापतिमा मनाउने र कृष्णप्रसाद सिटौलालाई अर्को महाधिवेशनमा ठाउँ दिने वा अन्य पदमा व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ। 

मंसिर २५, २०७८ शनिबार १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।