कांग्रेसको संस्थापन पक्षले टुंग्यायो प्रदेशस्तरीय केन्द्रीय सदस्यहरूको उम्मेदवारी

कांग्रेसको संस्थापन पक्षले टुंग्यायो प्रदेशस्तरीय केन्द्रीय सदस्यहरूको उम्मेदवारी

काठमाडौंः नेपाली कांग्रेसको संस्थापन पक्षले सातै प्रदेशका प्रदेशस्तरीय र समावेशी तर्फका केन्द्रीय सदस्यहरूको उम्मेदवारी टुंग्याएको छ। 

जसअनुसार प्रदेश १मा अमृत अर्याल मोरङ, आनन्द सन्तोषी राई धनकुटा र महिलामा महिन्द्रा लिम्बू झापालाई उम्मेदवार बनाइने भएको छ। त्यस्तै प्रदेश २बाट रमेश रिजाल पर्सा, आनन्द ढुंगाना धनुषा र महिलामा चित्रलेखा यादव सिरहालाई उम्मेदवार बनाउने निर्णय भएको छ।

बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित काठमाडौं, ध्रुव अधिकारी नुवाकोट र महिलामा उर्मिला केसी ललितपुर उम्मेदवार बन्ने भएका छन्। गण्डकीबाट ध्रुव वाग्ले तनहुँ, सोभियतबहादुर अधिकारी कास्की र महिलामा सरस्वती तिवारी स्याङ्जा उम्मेदवार बन्ने भएका छन्। 

लुम्बिनीबाट देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम, चन्द्र केसी गुल्मी र महिलामा शिला शर्मा खड्का दाङलाई उम्मेदवार बनाउने निर्णय भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

यस्तै कर्णालीमा कर्णबहादुर बुढा डोल्पा, राजीवविक्रम शाह जाजरकोट र महिलामा जानकी सिंह सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट डा. रणबहादुर रावल कैलाली, यज्ञराज जोशी कञ्चनपुर तथा महिलामा सुशीला भट्ट कैलालीलाई उम्मेदवार बनाइने भएको छ।

प्रदेशबाट दुई पुरुष र एक महिला सदस्य बन्ने प्रावधान कांग्रेसको विधानमा छ।

मुस्लिम कोटाको केन्द्रीय सदस्यमा अब्दुल रज्जाक रुपन्देही, अब्दुल सतार गोरखा र सुविदा खातुन बर्दियालाई उम्मेदवार बनाउने निर्णय भएको छ। पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह बझाङलाई उम्मेदवार बनाउने निर्णय संस्थापनले गरेको छ। त्यस्तै अल्पसंख्यक कोटामा प्रदीप सुनुवार ओखलढुंगालाई उम्मेदवार बनाउने निर्णय भएको छ।

अपाङ्ग कोटाबाट मदनकृष्ण श्रेष्ठ भक्तपुरलाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ।

मंसिर २५, २०७८ शनिबार १३:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।