सहमहामन्त्री दावी गर्दै आएकी संग्रौलालाई देउवाले टीममा राखेनन्, दिइन् केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृ डिला संग्रौलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन्। यसअघि सहमहामन्त्रीमा दावी गर्दै आएकी संग्रौलाले अन्तिम समयमा केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएकी हुन्।
उनी देउवा टीमबाट सहमहामन्त्रीमा उठ्ने तयारी गरे पनि टीममा पर्न सकिनन्। देउवाले महालक्ष्मी उपाध्यायलाई महिलातर्फको सहमहामन्त्रीको उम्मेदवार बनाए।
मंसिर २५, २०७८ शनिबार १२:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।