सभापतिको पहिलो उम्मेदवार बने कल्याण गुरुङ

सभापतिको पहिलो उम्मेदवार बने कल्याण गुरुङ

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको पहिलो उम्मेदवार कल्याण गुरुङ बनेका छन्। सभापतिमा शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले दावी गरिरहँदा गुरुङले आज उम्मेदवारी दिएका हुन्। 

कांग्रेस निर्वाचन अधिकृत अन्जना अर्यालले गुरुङले उम्मेदवारी दिएको पुष्टि गरिन्। आज बिहान १० बजे नै उनले मनोनयन दर्ता गराएका हुन्। 

गुरुङ यसअघि कांग्रेसको केन्द्रीय सदस्य थिए। यस्तै यस महाधिवेशनमा पहिलो उम्मेदवारी भने सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले दर्ता गराएका छन्।

मंसिर २५, २०७८ शनिबार ११:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।