बालुवाटारमा देउवा पक्षको बैठक बस्दै

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको बैठक बस्दैछ। कांग्रेसको जारी १४औं महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि देउवा पक्षको बैठक बस्ने भएको हो।
बैठकले पदाधिकारीका आकांक्षी टुंगो लगाउने बताइएको छ। कृष्णप्रसाद सिटौलाले देउवा प्यानलबाट प्रदीप पौडेललाई महामन्त्री र उमाकान्त चौधरीलाई सह–महामन्त्रीमा उठाउने प्रस्तावमा पनि यही बैठकमा छलफल हुनेछ।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय दिइएको छ।
मंसिर २५, २०७८ शनिबार ०८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।