कांग्रेस महाधिवेशन: आजबाट निर्वाचन प्रक्रिया, साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय

काठमाडौंः नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ। हिजो काठमाडौंको भृकुटीमण्डपमा पार्टीको महाधिवेशनको उद्घाटन सत्र आयोजना गरिएको थियो।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु गरिनेछ। ५ बजेसम्म मनोनयन दर्ताको लागि समय दिइएको छ। आजै साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारीउपर दावी, विरोध गरिने र ७ देखि ९ बजेसम्म दावी, विरोधमाथि निर्णय गरिने छ।
यस्तै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन राति ९ देखि १२ बजेसम्म गरिने छ। यता २६ गते बिहान ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने तालिका छ। यस्तै १४औं महाधिवेशनअन्तर्गतको मतदान प्रक्रिया भने २७ गते बिहान ८ बजेदेखि सुरु हुनेछ।
मंसिर २५, २०७८ शनिबार ०७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।