कांग्रेस सभापतिको उम्मेदवार बन्न ३० हजार, सदस्यले १० हजार बुझाउनु पर्ने

काठमाडौँ : नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवार मनोनयन गर्न ३० हजार रुपैयाँ शुल्क निर्धारण गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले पदाधिकारी र केन्द्रीय सदस्यको मनोनयन शुल्क निर्धारण गरिएको जानकारी दिए।
उपसभापति र महामन्त्रीको उम्मेदवार मनोनयन गर्न २५ हजार र सहमहामन्त्री पदमा मनोनयन दर्ता गर्न २० हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने श्रेष्ठले बताए।
केन्द्रीय सदस्यले १० हजार रुपैयाँ शुल्क बुझाउने पर्नेछ।
उम्मेदवार मनोनयन गर्ने केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूले प्रभु बैङ्कमा रकम जम्मा गर्नुपर्ने भएको छ।
प्रभु बैङ्कको खाता नम्बर ११३००७२६४३६०००२९ मा पैसा जम्मा गर्नुपर्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
कांग्रेस महाधिवेशनको बन्द सत्रमा बोल्दै घिमिरेले बैङ्क खातामा पैसा अनिवार्य जम्मा गर्नुपर्ने नभए उम्मेदवारी दर्ता नहुने बताए।
मंसिर २४, २०७८ शुक्रबार २१:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।