देउवा टिमबाट महामन्त्रीमा प्रदीप पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कृष्ण सिटौलालाई महामन्त्री पद दिन सहमत भएका छन्। पार्टी महाधिवेशन उद्घाटन सत्रपछि सभापति देउवालाई भेट्न सिटौला बालुवाटार पुगेका थिए।
सिटौलाले सभापतिमा देउवालाई सहयोग गर्ने र महामन्त्रीमा प्रदीप पौडेललाई टिम राख्न गरेको प्रस्तावमा देउवा सहमत भएका हुन्।
सिटौलासँग सहमति गरेर देउवा पार्टीको बन्द सत्रमा आउन लागेका देउवा निकट स्रोतले बताएको छ।
सिटौलाले आफ्नो साथमा रहनेको संरक्षण गर्ने भन्दै प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने उद्घाटन सत्रमा बोलेका थिए।
मंसिर २४, २०७८ शुक्रबार २१:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।