आठ वर्षे बालिका बलात्कार गरेर २३ वर्षसम्म लुकेर बसेका राजु पक्राउ

आठ वर्षे बालिका बलात्कार गरेर २३ वर्षसम्म लुकेर बसेका राजु पक्राउ

काठमाडौँ : २१ वर्षको उमेरमा ८ वर्षिया बालिकाको बलात्कार गरेर लुकेर बसेका राजु थापा २३ वर्षपछि पक्राउ परेका छन्। २०५५ जेठ १२ मा आफ्नै नाता पर्ने ८ वर्षे बालिकालाई उनले घरमै बलात्कार गरेका थिए।

घरमा कोही नभएको बेला बलात्कार गर्न नदिए मारिदिने र दिएमा १० रुपैयाँ दिने भनेर उनले घरको कोठामा बलात्कार गरेका थिए। उनी विरुद्ध बालिकाको परिवारले जाहेरी दिएको थियो।

सम्मानित उच्च अदालत पाटनबाट  थापालाई ३ वर्ष कैद हुने फैसला भए पनि उनी फरार थिए। केन्द्रीय अनुसन्धान ब्युरोले  शुक्रवार उनलाई झम्सीखेलबाट पक्राउ गरेको हो। सिआबीले दिएको जानकारी अनुसार उनलाई सिआबीले ललितपुरको झम्सीखेलमा रहेको सूचना पाएपछि पक्राउ गरिएको हो। 

मंसिर २४, २०७८ शुक्रबार १८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।