गच्छदारले भने, कांग्रेसलाई एक ढिक्का बनाउन आवश्यक छ
काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसमा एकता र मेलमिलाप नभए कम्युनिस्टसँग मुकाबिला गर्न नसकिने बताएका छन्।
कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै गच्छदारले पार्टीभित्र एकता र मेलमिलाप भएन भने कम्युनिस्टसँग मुकाबिला गर्न नसकिने बताएका हुन्।
उनले एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिए। पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने र प्रतिशोधात्मक राजनीतिक हुन नहुने बताए। उनले प्रतिशोधात्मक राजनीति गरेर कांग्रेसलाई छताछुल्ल नबनाउन आग्रह गरे।
कांग्रेसमा एकता र मेलमिलापको वातावरण बनाउन आफू पार्टीमा फर्केर आएको गच्छदारको भनाई छ। उनले आफूलाई थाकेर आएको नसोच्न आग्रह गरे।
‘सबैको सदिच्छाका कारण तपाईँहरूको बीचमा आएको छु,’उनले भने,‘पार्टीलाई एक ढिक्का बनाउन आवश्यक छ।’ उनले पार्टीलाई एक ढिक्का बनाउन आफ्नो सहयोग रहने बताए।
मंसिर २४, २०७८ शुक्रबार १८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।