अरूको कुरा बिक्छ, कांग्रेसको काम बिक्दैन : नेता महत

काठमाडौँ : नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले अरूको कुरा बिक्ने तर कांग्रेसको काम नबिक्ने अवस्था रहेको बताएका छन्।
कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री महतले विपक्षीहरूको कमी कमजोरी चिरफार गरेर जनतामा लिएर जान सक्ने पार्टी बनाउनु पर्ने बताए।
उनले कांग्रेसका कार्यकर्ताहरू कामविहीन भएर बस्नु पर्ने अवस्थाको अन्त्य गर्नु पर्ने बताए। उनले कांग्रेसका विचारलाई संप्रेषण गरेर जनताकोबीचमा लिएर जानु पर्ने उल्लेख गरे। उनले पार्टीलाई शेरबहादुर देउवाले एकताबद्ध गराएर लगेको बताए।
उनले स्थानीय, प्रदेश र सङ्घीय चुनावमा एक्लै बहुमत ल्याउने अर्जुन दृष्टि हुनु पर्ने बताए।
कांग्रेसका अर्का सहमहामन्त्री सुनिल थापाले पनि कांग्रेसको अर्को मिसन अबको चुनाव जित्नु रहेको बताएका थिए।
मंसिर २४, २०७८ शुक्रबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।