गिरिजाप्रसादलाई स्मरण गर्दै प्रचण्डले भने, खतराको बादल मडारिरहेको छ

काठमाडौँ : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरकुंश र तानासाही जन्माउने षडयन्त्र गर्नेहरूले नेतालाई चोर आए भन्ने गरेको बताएका छन्।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै प्रचण्डले नेतालाई चोर आए भन्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको भनाई गलत भएको बताए।
राप्रपा अध्यक्ष लिङदेनले नेता आउँदा जनताले चोर आए भन्ने गरेको बताएका थिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु एक ठाउँमा हुनु एकले अर्कोलाई बनाएर नै भएको बताए। उनले कांग्रेसका दिवङ्गत गिरिजाप्रसाद कोइरालाको स्मरण गरे।
उनले गिरिजाको शान्ति र संविधानको सपनालाई पूर्णतामा लैजाने लोकतान्त्रिक गन्तव्यबाट कहीँ कतै विचलित हुन नहुने बताए। प्रचण्डले निरङ्कुशता विरुद्धको लडाइमा एकता प्रदर्शन गरेको बताए। उनले एकल रूपमा या संयुक्त रूपमा सत्तामा जाँदा जनता प्रति गरेको प्रतिज्ञा भुल्ने काम हुँदै आएको उनले बताए।
उनले जनताका अगाडि गरिएका प्रतिविद्धताबाट विचलित भएका उदाहरण रहेको सुनाए। ‘त्यो तितो यथार्थ हामी छ। यसको समीक्षा गर्न जरुरी छ,’प्रचण्डले भने,‘सत्तामा पुगेपछि जनताले सोचे जस्तो गरी काम गर्न सक्दैनन्, यसमा सबैले मन्थन गर्नु जरुरी छ।’
उनले सत्तामा पुग्दा जनतासँगको सम्बन्ध कमजोर हुँदै जाने गरेको आफ्नो अनुभव पनि सुनाए। उनले अहिले पनि खतराहरू मडारिरहेको बताए। प्रचण्डले शान्ति वार्ताका लागि पहिलो चिठी शेरबहादुर देउवाले पठाएको पनि स्मरण गरे।
मंसिर २४, २०७८ शुक्रबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।