अपाङ्गमाथि मन्त्री रेग्मीको आपत्तिजनक टिप्पणी, कार्यक्रममा उपस्थितहरू आक्रोशित

अपाङ्गमाथि मन्त्री रेग्मीको आपत्तिजनक टिप्पणी, कार्यक्रममा उपस्थितहरू आक्रोशित

काठमाडौंः महिला, बालिबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले सशष्त्र द्वन्द्वमा परेर अपाङ्ग भएका पीडितहरू भाग्यको कारण त्यस्तो भएको बताएकी छन्। 'द्वन्द्वबाट सिर्जित अपाङ्गताः समस्या र सामाधानका उपाय राष्ट्रिय बहस' कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

‘तपाईंहरू द्वन्द्वमा पर्नुभयो साह्रै दुःखको कुरा हो, म अध्यात्ममा पनि विश्वास गर्छु। यो सबै हुनु घटना मात्रै नभएर भाग्य पनि हो’, मन्त्री रेग्मीले भनिन्। 

मन्त्रीको अभिव्यक्तिलगत्तै अपाङ्ग हुनुलाई भाग्यसँग जोडेको भन्दै अपाङ्गता भएका द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल गण्डकी प्रदेशका सञ्योजक दूतराज अधिकारीले असतुष्टी जनाए। ‘मन्त्री बोल्दा बोल्दै नै मलाई भाग्यको खेला कसरी भन्न मन थियो,’ उनले भने, ‘देशमा द्वन्द्व भयो। हामी नागरिकबीचमा परेर अपाङ्ग भयौं। अहिले हामीलाई भाग्यको खेला भन्ने?’ उनको आक्रोश थियो।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर माओवादी र सेनाको दोहोरो भिडन्त, विभिन्न स्थानमा राखेको बमबाट विस्फोटका कारण घाइते भएकाहरूको कार्यक्रम द्वन्द्व पीडित राष्ट्रिय सञ्जालले आयाोजना गरेको थियो।

मंसिर २४, २०७८ शुक्रबार १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।