कांग्रेस महाधिवेशनमा उपेन्द्रले सम्झाए संविधान संशोधन र नागरिकता समस्या

कांग्रेस महाधिवेशनमा उपेन्द्रले सम्झाए संविधान संशोधन र नागरिकता समस्या
तस्बिर कृष्पा श्रेष्ठ

काठमाडौँ : सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्नु पर्ने माग गरेका छन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै अध्यक्ष यादवले सबै खाले उत्पीडन, शोषण अन्त्य गर्न र सबै अङ्गमा जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन गर्नुपर्ने माग गरे। 

उनले नागरिकता समस्या समाधान गर्नु पर्ने माग पनि गरे। उनले कांग्रेसको यो महाधिवेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण ऊर्जा मिलोस् भनेर शुभकामना शुभकामना दिएका छन्।

उनले नेपाली जनताले फेरि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि सबै दलले जनताको माग सम्बोधन गर्नु पर्ने बताए। उनले विगतमा भएका सहमति र प्रतिबद्धता कार्यान्वयन गर्न अब ढिलो गर्न नहुने बताए। कमी कमजोरीलाई हटाएर अन्योलतालाई अन्त्य गर्नुपर्ने बताए। 

मंसिर २४, २०७८ शुक्रबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।