कांग्रेस महाधिवेशनको मञ्चबाट महन्थले गरे ओलीको प्रशंसा
काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टी सिस्टममा पार्टीले सरकार बनाउनेमा अदालतले सरकार बनाएको भन्दै नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारको आलोचना गरेका छन्।
उनले वर्तमान संविधानप्रति आफ्नो पार्टीको असहमति रहेको भन्दै अहिले पनि आफ्नो पार्टीका नेताहरू जेलमा र तारिखमा रहेको भन्दै समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए।
'हाम्रा सांसद रेशम चौधरी पनि जेलमा छन्। उनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ,' उनले भने।
उनले केपी शर्मा ओलीको सरकार रहेको बेलामा पार्टीका एक सय ३९ जना मुक्त भएको भन्दै उनले ओलीलाई धन्यवाद दिँदै प्रशंसा गरेका थिए। 'आन्दोलन दबाएर समस्या समाधान हुन्न। नत्र ज्वालामुखी जस्तै विस्फोट हुन्छ। हामी सडकमा उत्रिन बाध्य हुन्छौँ,' उनले भने।
मंसिर २४, २०७८ शुक्रबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।