११ र १६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ

११ र १६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौंः प्रहरीले बलात्कार गरेको अभियोगमा विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ। नुवाकोटको ककनी गाउँपालिका-२ कोल्पु बस्ने ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उनले १६ वर्षीया किशोरीलाई बुधबार साँझ बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका-१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई पनि बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।  

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर २४, २०७८ शुक्रबार १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।