कांग्रेस महाधिवेशन : खाजा र खानाको शुल्क १२ सय रुपैयाँ

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका प्रतिनिधिलाई बिहान, दिउँसो र बेलुकाको खाना र खाजाको व्यवस्था भृकुटीमण्डपमै गरिएको छ।
अनुपमा फुडल्याण्ड र दियालो फुडल्याण्डले खाना र खाजा खुवाउने टेन्डर पाएका छन्।
संयुक्त रूपमा भृकुटीमण्डपमा स्टल नै राखेर कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई खाना र खाजाको व्यवस्था गरिएको फुडल्याण्डका प्रतिनिधि माधव रिजालले जानकारी दिए। आज देखि तीन दिनका लागि खाना र खाजा खुवाउने जिम्मेवारी पाएको रिजालले बताए।
रिजालका अनुसार खाजामा ब्रेड, चना, अण्डा हुनेछ भने खानामा मटन, फिस र चिकेन करी हुनेछ। खाना खाजाको प्रति व्यक्ति १२ सय रुपैयाँ शुल्क तोकिएको छ। खाना, खाजा र बस्ने व्यवस्थाका लागि कांग्रेसले हरेक महाधिवेशन प्रतिनिधिबाट ३ हजार रुपैयाँ दर्ता शुल्क उठाएको छ।
महाधिवेशन प्रतिनिधिलाई खाजा र खानाका लागि कुपन दिइएको छ। कुपन लिएर जानेलाई खाजा र खाना खुवाइरहेको रिजालले बताए।
मंसिर २४, २०७८ शुक्रबार १५:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।