पोखरामा ट्रक दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु

कास्कीः पोखरा महानगरपालिका-२६ विजयपुरमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रक चालक लमजुङ घर भएका ४२ वर्षीय भीम बहादुर तामाङ र ट्रकमा सवार नाम,थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन्।
कास्कीको लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ख २९४८ नम्बरको ट्रक आज बिहान पौने ५ बजे अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय शिशुवाले जानकारी दिएको छ।
मंसिर २४, २०७८ शुक्रबार १५:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।