व्यवस्था परिवर्तन, अवस्था उस्तै : माले महासचिव मैनाली 

व्यवस्था परिवर्तन, अवस्था उस्तै : माले महासचिव मैनाली 

काठमाडौँ : नेकपा मालेका महासचिव सिपी मैनालीले राजनीतिक व्यवस्था परिवर्तन भए पनि अवस्थामा परिवर्तन आउन नसकेको बताएका छन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश दिँदै  महासचिव मैनालीले २००७ सालदेखिको परिवर्तन संस्थागत हुन नसक्नुमा अवाञ्छित बाह्य हस्तक्षेप र प्रभाव नै रहेको बताए। 

उनले राष्ट्रियता प्रति सङ्गठित ध्यान जान नसकेको बताए। मैनालीले राति संसद् विघटन गर्ने र अध्यादेशबाट देश चलाउने काम भएको बताए।

उनले हिजो संसदीय व्यवस्थामा भागबन्डा गरेर शासन चलाउने गरिएको भन्दै अहिले न्यायपालिका भागबन्डामा चलेको बताए। 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रियताको विषयमा कांग्रेसको महाधिवेशनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। उनले प्रतिगमनविरुद्धको आन्दोलनमा आफ्नो पार्टी कांग्रेससँगै रहेको उल्लेख गरिन्। 

मंसिर २४, २०७८ शुक्रबार १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।