भारतीय कांग्रेसका नेताले भने : सोनिया आफैँ आउन चाहनुहुन्थ्यो तर संसद अधिवेशनले रोक्यो

काठमाडौँ : भारतीय राष्ट्रिय कांग्रेसका नेता मुकुल वासनिकले पार्टीकी अध्यक्ष सोनिया गान्धी आफैँ आउन इच्छुक भए पनि भारतमा चलिरहेको संसद्को कारण नेपाल आउन नपाएको बताए। 'उहाँ नेपाल आउन पाउनु भएको भए पक्कै खुसी हुनुहुन्थ्यो। तर उता संसदको महत्वपूर्ण सेसन चलिरहेकाले आउन पाउनु भएन,' उनले भने।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिन आएका उनले आफ्नो पार्टी सधैँ सम्पन्न र संवृद्ध नेपालको पक्षमा रहेको भन्दै नेपाल लोकतान्त्रिक प्रणालीमा अगाडि बढ्नेमा आफ्नो पार्टी विश्वस्त रहेको बताएका थिए।
नेपाल र भारतको सम्बन्ध विशिष्ट रहेको भन्दै उनले नेपाल र भारतबिचको सम्बन्धलाई बलियो बनाउन आफ्नो पार्टी र नेताहरू सधैँ इच्छुक रहेको बताएका थिए।
मंसिर २४, २०७८ शुक्रबार १५:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।