कांग्रेसलाई सम्झाउन महाधिवेशनमा आइपुगे एमाले अध्यक्ष ओली

कांग्रेसलाई सम्झाउन महाधिवेशनमा आइपुगे एमाले अध्यक्ष ओली

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली आइपुगेका छन्। उनी कार्यक्रमको स्वागत समारोह सकिएर बागमती प्रदेशका सभापति इन्द्र बानियाँले महाधिवेशनमा सहभागीहरूलाई स्वागत गरिरहँदा उनी आइपुगेका थिए।

उनी कांग्रेसको महाधिवेशनमा सहभागी हुनु अगाडि प्रज्ञा भवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुँदै कांग्रेसले एमालेको नारा चोरेको भन्दै अब कांग्रेसलाई सम्झाउन महाधिवेशनमा जाने बताएका थिए।

मंसिर २४, २०७८ शुक्रबार १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।