'विशेश्वरले रोपेको, गणेशमानले गोडेको' गीतमा मयुर नाच

'विशेश्वरले रोपेको, गणेशमानले गोडेको' गीतमा मयुर नाच

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भइसकेको छ। महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजना भइरहेको कार्यक्रममा स्वागत गीत पनि प्रस्तुत गरिएको थियो। 

'स्वागत छ है स्वागत छ, चार ताराको स्वागत छ' बोलको गीतमा १४ जनाले प्रस्तुती दिएका थिए। १४औं महाधिवेशन भएकाले १४ जनाको प्रस्तुती रहेको पार्टीका प्रवक्ता तथा कार्यक्रममा उद्घोषक विश्वप्रकाश शर्माले बताए। 

गीतमा 'विशेश्वरले रोपेको, गणेशमानले गोडेको' शब्द पनि समावेश थियो।

यस्तै सो गीत र प्रस्तुतीमा मयुर नाच पनि समावेश गरिएको थियो। कलाकार उदिराम खड्काले मयुर भेषमा नाच प्रस्तुत गरेका थिए। 

मंसिर २४, २०७८ शुक्रबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।