पार्टीको १४ औँ महाधिवेशन भए पनि सुनिलको पहिलो अनुभव, सहभागीतिर हात हल्लाउँदै गरे अभिवादन

काठमाडौँ : समर्थकहरू सहित नेपाली कांग्रेस प्रवेश गरेका राप्रपाका पूर्व नेता सुनिल बहादुर थापाका लागि पार्टीको १४ औँ महाधिवेशन पहिलो अनुभव हो। पार्टीको सह महामन्त्री रहेका उनी १४ औँ महाधिवेशनपछि कुन पदका उम्मेदवार हुने पक्का भएको छैन। उनी पार्टीमा संस्थापन समूह शेरबहादुर देउवाको समूहमा छन्।
राप्रपाका संस्थापन नेता सूर्यबहादुर थापाका छोरा उनी पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीसँग पार्टी एक भएपछि असन्तुष्ट भएर आफ्नो समूहसहित कांग्रेसमा प्रवेश गरेका थिए।
मंसिर २४, २०७८ शुक्रबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।