कांग्रेस महाधिवेशनमा आइपुगेनन् एमाले अध्यक्ष

काठमाडौँ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेनन्। भृकुटीमण्डपमा उद्घाटन शत्र सुरु भइसकेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन्।
एमालेको चितवनमा भएको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएका थिए। कांग्रेसले १४ औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष ओलीलाई निम्ता दिएको थियो। उनलाई ज्वरो आएको भनिएको थियो। उनी प्रज्ञा भवनमा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रममा सहभागी छन्।
पार्टी अध्यक्ष उपस्थित हुन नसके पार्टीको प्रतिनिधी पठाउने प्रचलन छ। तर महाधिवेशनको उद्घाटन शत्रमा एमालेका तर्फबाट प्रतिनिधी समेत आएका छैनन्।
मंसिर २४, २०७८ शुक्रबार १४:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।