भरुवा बन्दुक र गोलीसहित कैलालीबाट तीन जना पक्राउ 

भरुवा बन्दुक र गोलीसहित कैलालीबाट तीन जना पक्राउ 

धनगढीः कैलालीमा भरुवा बन्दुक र गोलीसहित तीन जना पक्राउ परेका छन्। शुक्रबार जिल्लाको भजनी नगरपालिका-७ हिम्मतपुरमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको घोडाघोडी नगरपालिका-३ का ३५ वर्षीय अजय चौधरीलाई दुई नाले भरुवा बन्दुक र ८ थान गोलीसहित पक्राउ गरिएको हो। उनी से९३प ७७९२ नम्बरको मोटरसाइकलमा सवार थिए।

यस्तै सोही ठाउँका तुल्सीराम चौधरीले चलाएको से९२प ९८७७  नम्बरको मोटरसाइकलपछाडि सवार ५५ वर्षीय दयाराम चौधरीको साथबाट पनि एक थान चक्कु, बञ्चरो र टर्चलाईट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

मंसिर २४, २०७८ शुक्रबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।