महाधिवेशनमा आएकालाई सुट मिलाउँदै देउवाको अभिवादन, कुम जोडेर बसे उपेन्द्र-महन्थ

महाधिवेशनमा आएकालाई सुट मिलाउँदै देउवाको अभिवादन, कुम जोडेर बसे उपेन्द्र-महन्थ
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल पुगेका छन्। दिउँसो पौने दुईमा देउवा महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका हुन्। 

महाधिवेशनस्थल आएर देउवाले त्यहाँ उपस्थित सबैलाई हात उठाएर अभिवादन गरेका थिए। 

यता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर एउटै मञ्चमा देखिएका छन्। पार्टी विभाजनपछि विरलै सँगै देखिएका उनीहरू अहिले वल्लो-पल्लो कुर्सीमा कुम जोडिने गरी बसेका छन्। 

तस्बिरहरू: कृष्पा श्रेष्ठ

मंसिर २४, २०७८ शुक्रबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।