एउटै सोफामा कुम जोडेर बसे महन्थ र उपेन्द्र

एउटै सोफामा कुम जोडेर बसे महन्थ र उपेन्द्र

काठमाडौँ : केपी ओलीको सरकारलाई हेर्ने दृष्टिकोणमा बढेको मतभेदसँगै पार्टी विभाजन भएपछि जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरको सम्बन्ध चिसो छ।

यी दुवै प्राय एकै मञ्चमा देखिँदैनन्। देखिए पनि एकै कुर्सीमा बस्दैनन्। चितवनमा भएको एमालेको १० औँ महाधिवेशनमा दुवै सहभागी भए पनि बोलचाल भएन। एकै ठाउँमा पनि बसेनन्। तर नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शत्रमा सहभागी हुन गएका दुवै नेता एकै कुर्सीमा परेका छन्।

अब आयोजकले दुबैका लागि बस्ने ठाउँ तय गरेपछि नबस्नु पनि कसरी। दुवै कुम जोडिने गरी बसे। तर शरीर भने एक अर्कातिर फर्काएर। दुवैको बसाई एकदम असहज देखिएको थियो। सकेसम्म मुखामुख नहोस् भन्ने गरी उनीहरू बसेका थिए।

काँग्रेस महन्थले लामो समय विताएको पार्टी हो। उनी मधेस आन्दोलन चर्किएपछि तराई मधेस लोकतान्त्रिक पार्टी दर्ता गरेर काङ्ग्रेसबाट बाहिरिएका थिए।

मंसिर २४, २०७८ शुक्रबार १४:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।