देउवाको आउनुअघि प्रहरीको कुकुरले गर्यो सुरक्षा जाँच

काठमाडौंः नेपाली कांग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ। हाल महाधिवेशनस्थलमा अत्याधिक मात्रामा प्रहरी खटाइएको छ।
महाधिवेशनको उद्घाटन सत्रका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सहित विभिन्न राजनीतिक दलका शीर्ष नेता र विदेशी अतिथिहरू आउनुअघि नेपाल प्रहरीको कुकुरले विशेष सुरक्षा जाँच गरेको छ।
नेपाल प्रहरीका दुई कुकुरले मञ्च, साउण्ड सिस्टम, कुर्सीलगायतका विभिन्न सामग्रीको जाँच गरेको छ।
तस्बिरहरू: कृष्पा श्रेष्ठ
मंसिर २४, २०७८ शुक्रबार १३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।