रामचन्द्रलाई फोन गरेर निधिले भने : देउवाले तपाईँको नाम प्रस्ताव गरे म पनि सघाउँछु, उद्घाटनमा आउनुस्

काठमाडौँ : १४ औँ महाधिवेशनबाट छानिने नेतृत्वका लागि आफ्नै समूहमा सहमति नभएपछि रिसाएर बोहोराटारको घरमा बसिरहेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर सभापतिका दाबेदार बिमलेन्द्र निधिले महाधिवेशनको उद्घाटन शत्रमा आउन आग्रह गरेका छन्।
सभापतिमा आफूले समर्थन नपाएपछि झोक्किएका पौडेल पार्टी नै छाड्छु भनेर बुधवार बेलुकादेखि बोहोराटारमा गुप्तवास बसेका छन्। उनलाई फकाउन युवा नेताहरू समेत गएका छन्।
शुक्रवार निधिले फोन गरेर' सभापतिमा शेरबहादुर देउवाले समर्थन गरेर सर्वसम्मत नेतृत्व छाड्ने हो भने म पनि तपाईँलाई समर्थन गर्छु। नत्र भने निर्वाचनमा जाऊँ' भनेको उनी निकटस्रोतले भन्यो।
स्रोतका अनुसार १३ औँ महाधिवेशनमा नेतृत्व लिएकाले देउवालाई छाड्न नसकिने भन्दै उनले पार्टीको आन्तरिक निर्वाचनमा जति उम्मेदवार भए पनि फरक नपर्ने भन्दै उनलाई महाधिवेशनमा सहभागी नहुने निर्णय नगर्न आग्रह गरेका थिए।
निधिले उकेरासँग कुरा गर्दै सभापतिमा उम्मेदवारी दिने निर्णयबाट पछाडि नहटेको बताए। सभापतिमा संस्थापनइतर पक्षलाई सघाउने निर्णय पनि नगरेको उनले बताए।
मंसिर २४, २०७८ शुक्रबार १२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।