'जनता प्रगतिशील पार्टी' घोषणा गर्दै हृदयेश त्रिपाठी

काठमाडौंः पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल स्थापना गर्ने भएका छन्। आगामी मङ्सिर २८ गते एक कार्यक्रमका बीच नयाँ दल स्थापनाको घोषणा गर्ने तयारी गरिएको छ।
त्रिपाठी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएका हुन्। नयाँ पार्टीको नाम 'जनता प्रगतिशील पार्टी' राखिएको छ भने पार्टी स्थापनाको घोषणापछि कमिटी विस्तार गरिने भएको छ। हाल त्रिपाठीबाहेक अन्य व्यक्ति पार्टीमा संलग्न छैनन्।
गत प्रतिनिधि सभा निर्वाचनमा त्रिपाठी एमालेको सूर्य चिह्नबाट विजयी भएका थिए।
मंसिर २४, २०७८ शुक्रबार १२:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।