सभापतिका आकाङ्क्षीबिनै दोस्रो तहका नेताको बैठक : संस्थापनइतरबाट सर्वसम्मत सभापतिको उम्मेदवारका लागि दबाब जारी

काठमाडौँ : संस्थापनइतर समूहबाट सभापतिको एकल उम्मेदवार चयनमा सकस परेपछि सभापतिका आकाङ्क्षीहरू आ-आफ्नै तयारीमा लागे पनि दोस्रो तहका नेताहरू भने सर्वसम्मत गराउने प्रयासमा खटिएका छन्।
रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंह बैठकमा उपस्थित नभए पनि अनुपम फूडल्याण्डमा अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, मिनेन्द्र रिजाललगायत नेताहरूको बैठक भइरहेको छ।
युवा नेताहरू पौडेल निवास बोहराटार पुगेर उनलाई आजको उद्घाटन शत्रमा आउन मनाइरहेका छन्। उनीहरूले संस्थापनइतर समूहबाट एकल उम्मेदवार
चयनका लागि तीनै जना नेताहरूलाई दबाब बढाइरहेका छन्। तर प्रकाशमान सिंहले सभापतिको उम्मेदवार बन्ने अडान छाडेका छैनन्। प्रकाशमान उठेको हकमा आफू पनि सभापतिको उम्मेदवार बन्ने भनेर शेखरले आजै आफ्नो टिम र अवधारणा पत्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।
मंसिर २४, २०७८ शुक्रबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।