महाधिवेशनमा सिटौला: प्रदीप पौडेललाई 'सेटल' गराउने, आफू भने बिलखबन्दमा

काठमाडौंः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला बिलखबन्दमा छन्। उनी विभिन्न विकल्पमध्ये कुन विकल्प रोज्ने अलमलमा छन्।
हाल उनले आफूनिकट नेताहरूको भेला राख्दैछ्न्। 'उहाँले के गर्नुहुन्छ भन्ने निर्णय लिइसक्नुभएको छैन। टीम व्यवस्थापन प्राथमिकतामा राख्नुभएको छ', सिटौलानिकट नेता भीमसेनदास प्रधानले भने।
महामन्त्रीका आकांक्षी प्रदीप पौडेल र सहमहामन्त्रीका आकांक्षीहरू हाल गौशालामा बसेर जोड घटाउ गरिरहेका छन्। सिटौला भने निवासमा छन् र उद्घाटनअघि आफू पक्षीय भेलामा सहभागी हुँदैछन्।
'मिल्दा देउवासँग मिल्नुहुन्छ, पहिलो चरणमा चुनाव जित्न देउवालाई सिटौलाको खाँचो छ। आफू ब्याकअप बसेर टीमलाई सेटल गराउनुहुन्छ', सिटौलानिकट एक नेताले जानकारी दिए।
प्रदीप पौडेललाई जसरी पनि सेटल गराउने पक्षमा सिटौला छन्। समावेशी सहमहामन्त्रीमा पनि उम्मेदवारी दिने तयारीमा सिटौला टीम छ।
मंसिर २४, २०७८ शुक्रबार ११:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।