जीपले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

दाङ: बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-१६ का ४३ वर्षीय युवराज चन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घोराहीबाट तुलसीपुरतर्फ आँउदै गरेको चन्द सवार रा्४प ४०२ नम्बरको मोटरसाइकललाई तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१च ३८५ नम्बरको बोलेरो जीपले बिहीबार पौने ८ बजे घोराही-१६ मा ठक्कर दिएको थियो।
जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालका अनुसार गम्भीर घाइते चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको थियो।
मंसिर २४, २०७८ शुक्रबार १०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।