मोरङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

मोरङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

मोरङः जिल्लामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बुढीगंगा गाउँपालिका-२ टंकीमा हिजो साँझ स्कुटर सडकमा राखेको डिभाइडरमा ठोकिँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङकै उर्लाबारी नगरपालिका-४ आइतबारेका २६ वर्षीय सुरज खनालको उपचारको क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको हो। प्रदेश १–०४–००१ प ६४६० नम्बरको स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा ठोकिएको ईलाका प्रहरी कार्यालय नेमुवाले जानकारी दिएको छ।

यस्तै विराटनगर-११ रामपुर चोकमा पनि हिजो बेलुकी सवा सातमा को२त ७१३९ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ३४ वर्षीय मुन्ना कुमार सहनीको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो। ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

मंसिर २४, २०७८ शुक्रबार १०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।