रामचन्द्रको सचिवालयले भन्यो : घरमै हुनुहुन्छ, उद्घाटनमा जाने/नजाने थाहा छैन

रामचन्द्रको सचिवालयले भन्यो : घरमै हुनुहुन्छ, उद्घाटनमा जाने/नजाने थाहा छैन

काठमाडौँ : आफ्नो समूहबाट सभापतिको एकजनामात्र उम्मेदवार छान्न नसकेपछि बुधवार बेलुकाबाट घरमै गुप्तवासमा बसेका रामचन्द्र पौडेल पार्टीको महाधिवेशनमा आउने/नआउनेबारे उनको सचिवालयले बताउन सकेन।

सभापतिमा प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एक वा सबैले।आफूलाई समर्थन गर्न गरेको आग्रह कोइराला र सिंहले अस्वीकार गरेपछि पौडेल बुधवार अब पार्टीमा बस्दिन, महाधिवेशन उद्घाटनमा पनि आउँदिन भनेर हिँडेका थिए।

उनी बिहीबार घरमै बसे। कतै बैठकमा गएनन्। शुक्रवार पनि बिहोराटारको घरबाट निस्किएका छैनन्। नेताहरू उनीसँग छलफल गर्न बोहोराटार गइरहेका छन्।

महाधिवेशन उद्घाटनमा जानुहुन्छ कि हुन्न भन्ने उकेराको जिज्ञासामा उनको सचिवालयले भन्यो 'अहिलेसम्म केही भन्नुभएको छैन। उद्घाटनमा जान चाहिँ जानुहुन्छ होला। थप प्रगति भएको छैन । सहमति भएको छैन।'

मंसिर २४, २०७८ शुक्रबार १०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।