देउवालाई हराउन २५० मत कम रहेको मिनेन्द्रको दावी

देउवालाई हराउन २५० मत कम रहेको मिनेन्द्रको दावी

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सरकारका रक्षामन्त्री मिनेन्द्र रिजालले पार्टी सभापतिमा शेरबहादुर देउवालाई हराउन आफूहरूसँग मत अभाव रहेको बताएका छन्। आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले देउवालाई हराउन आफ्नो संस्थापनइतर प्यानसँग मत कम भएको बताउँदै भने 'हाम्रो समूहलाई ५१ प्रतिशत पुर्याउन दुई अढाई सय मत कम छ जस्तो लाग्छ।'

उनले पार्टीको भावी सभापतिमा शेरबहादुर देउवा दोहोरिन नहुने पनि बताएका छन्। 'अहिले देखिएजस्तो अनुहार पार्टीमा देखिए जनताले पत्याउँदैनन्। त्यही भएर पार्टीले नयाँ अनुहार ल्याउनुपर्छ। शेरबहादुर देउवा दोहोरिनु हुँदैन', उनले भने। 

यस्तै उनले प्रधानमन्त्रीका रूपमा देउवाप्रति वफादार भए पनि सभापतिका रूपमा भने फरक मत रहेको बताए। 'प्रधानमन्त्रीको रूपमा शत्प्रतिशत उहाँप्रति मेरो लोयल्टी छ, तर पार्टीभित्र सभापतिको रूपमा फरक मत छ। अहिलेकै अनुहारले आम चुनावमा कांग्रेसमा उत्साह आउँदैन', रिजालले भने। 

यस्तै उनले सबै दलले आफ्नो महाधिवेशन सकेर नयाँ अनुहार लिएर जनतामाझ जानुपर्ने पनि बताए।

मंसिर २४, २०७८ शुक्रबार ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।