मेक्सिकोमा आप्रवासी सवार ट्रक दुर्घटना हुँदा कम्तीमा ४९को मृत्यु

मेक्सिकोमा आप्रवासी सवार ट्रक दुर्घटना हुँदा कम्तीमा ४९को मृत्यु

एजेन्सीः मेक्सिकोको दक्षिणी क्षेत्रमा आप्रवासी सवार ट्रक दुर्घटना हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएको बताइएको छ।

ट्रकमा करिव एक सय आप्रवासी सवार रहेको बताइएको छ। ट्रक अनियन्त्रित भई पुलमा ठोक्किदा उनीहरू पछाडिको ट्रेलरमा च्यापिएको हुनसक्ने अधिकारीहरूले बताएका छन्।

मृतकहरूमा पुरुष, महिलासहित बालबालिका पनि रहेका छन्।

मंसिर २४, २०७८ शुक्रबार ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।