नाडाको अध्यक्षमा थापा विजयी, चौधरी घरानाका करण ६६ मतले पराजित

नाडाको अध्यक्षमा थापा विजयी, चौधरी घरानाका करण ६६ मतले पराजित

काठमाडौंः नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन्। निकटम प्रतिद्वन्द्वी करण चौधरीलाई ६६ मतले पराजित गर्दै थापा विजयी भएका हुन्।

परिणामअनुसार थापाले १४ सय १३ मत ल्याए। चाैधरीले १३ सय ४७ मत प्राप्त गरे। यस्तै अन्य १७ कार्यसमिति सदस्यमा थापा प्यानलकै ५ जना सदस्यमा विजयी भएका छन्। चौधरी प्यानलका भने १२ जना सदस्यमा विजयी भएका छन्। 

थापा प्यानलबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छा सदस्य पदमा विजयी हुँदा चौधरी प्यानलबाट भने मिलनबाबु मल्ल, अनुपकुमार मल्ल, राजनबाबु श्रेष्ठ , सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, विक्रम सिंघानिया, गोपाल भट्टराई, निलमणि पाठक, वरदान बस्नेत र पंकज अग्रवाल विजयी भएका छन्।

मंसिर २४, २०७८ शुक्रबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।