आजबाट कांग्रेसको १४औं महाधिवेशन, दिउँसो १ बजे उद्घाटन

आजबाट कांग्रेसको १४औं महाधिवेशन, दिउँसो १ बजे उद्घाटन

कांग्रेसको १४औं महाधिवेशनको उद्घाटनमा चार हजार ७ सय महाधिवेशन प्रतिनिधिसहित विभिन्न नेता कार्यकर्ताहरूको उपस्थिति रहनेछ। यस्तै नेपालकै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू र विदेशी अतिथिको रूपमा भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधि समेत उपस्थित हुने बताइएको छ।

यस्तो छ महाधिवेशन तालिका: 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान १० बजे महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समय दिइएको छ। यस्तै सोही दिन साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारीउपर दावी, विरोध गरिने र ७ देखि ९ बजेसम्म दावी, विरोधमाथि निर्णय गरिने छ।

यस्तै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन सोही दिन राति ९ देखि १२ बजेसम्म गरिने छ। यता २६ गते बिहान ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने तालिका छ।

यस्तै १४औं महाधिवेशनअन्तर्गतको मतदान प्रक्रिया भने २७ गते बिहान ८ बजेदेखि सुरु हुनेछ। 

मंसिर २४, २०७८ शुक्रबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।