राजश्व छली गरेको अभियोगमा सत्यमशिवम विरुद्ध मुद्दा दायर

एक करोड एक लाख ५२ हजार ३८६ बराबरको राजश्व छली गरेको अभियोगमा सत्यम शिवमका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो।
विभागका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा कम्पनीका सञ्चालकद्वय रामकुमार प्याकुरेल र सङ्गीताकुमारी झा विरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो।
कम्पनीले १६ लाख ७७ हजार ३३४ मूल्य अभिवृद्धि कर, आयकरतर्फ २९ लाख ४२ हजार ९८२ र चार लाख ५५ हजार ८७७ गरी कूल ५० लाख ७६ हजार १९३ बराबरको राजश्व चुहावट गरेको पाइएको छ। विभागले बिगोको दोब्बर सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।
मंसिर २३, २०७८ बिहीबार २२:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।